Logo

कुमारी बैंकको नाफा ८६ करोड ७२ लाख, प्रतिसेयर आम्दानी कति ?

कुमारी बैंकको नाफा ८६ करोड ७२ लाख, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यस अवधिमा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.३१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

laxmi

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.०१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १३१.४४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४५.२७ प्रतिशत बढेको छ, सञ्चालन मुनाफा ५.०८ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज १ अर्ब ४३ करोडबाट बढेर २ अर्ब ७६ करोड पुगेको छ। समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ७७ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

हाल बैंकको चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ, जगेडा कोषमा ९ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ १० पैसा घटेर ६ रुपैयाँ ६१ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २४.११ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८२ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL