Logo

एभरेष्ट बैंकको नाफा ७.८८ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा कति छ ?

एभरेष्ट बैंकको नाफा ७.८८ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा कति छ ?



काठमाडौं । आर्थिक मन्दीका रहदा पनि एभरेष्ट बैंकको नाफा केहि बढ्न सफल भएको छ । चालु आर्थिक वर्षको ६ महिनासम्म आउदा यस बैंकको नाफा ७.८८ प्रतिशतले बढ्न सफल भएको हो ।

laxmi

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यो बैंकले १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने १.२७ प्रतिशतले घटेर ३ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । यस अवधिमा बैंकको सञ्चालन नाफा २ अर्ब २६ करोडबाट बढेर २ अर्ब ४४ करोड पुगेको छ । सञ्चालन नाफा बढ्दा बैंकको खुद नाफा बढ्न सफल भएको हो ।

बैंकको इम्पेयरमेन्ट चार्ज भने ३६ करोड ६६ लाखबाट बढेर ४३ करोड २३ लाख रुपैयाँ पुगेको छ । यसको वितरणयोग्य नाफा २ अर्ब ४० करोड रहेको छ ।बैंकको खराब कर्जा दर ०.५५ प्रतिशत विन्दुबाट बढेर ०.७७ प्रतिशतमा पुगेको छ ।

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ११ अर्ब ४२ करोड रुपैयाँ जम्मा छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६७ पैसाले बढेर २९ रुपैयाँ १२ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ५७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL