Logo

राष्ट्र बैंकको नीतिले बैंकहरुलाई राहत, ६ महिनामा औसत ०.५२ प्रतिशतमात्र बढ्यो खराब कर्जा

राष्ट्र बैंकको नीतिले बैंकहरुलाई राहत, ६ महिनामा औसत ०.५२ प्रतिशतमात्र बढ्यो खराब कर्जा



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिम मौद्रिक नीति समीक्षामार्फत लिएको नीतिका कारण बैंकहरुलाई राहत मिलेको छ । राष्ट्र बैंकले लिएको कर्जा पुनर्तालिकरणको व्यवस्थाले बाणिज्य बैंकको खराब कर्जा सामान्यमात्र बढेको हो ।

laxmi

चालु आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकको खराब कर्जा औसत ०.५२ प्रतिशतमात्र बढेको छ । गत असार मसान्तसम्म २.७९ प्रतिशत रहेको २० वाणिज्य बैंकको खराबकर्जा पुस मसान्तसम्म आउँदा बढेर ३.३१९ प्रतिशत पुगेको हो । पछिल्लो केही समययता देखिएको आर्थिक मन्दीको कारण बैंकहरुले लगानी गरेको ऋण उठाउन सकेका छैनन् । जसको कारण बैंकिङ क्षेत्रको खराब कर्जाको दर उकालो लागिरहेको छ । पुस मसान्तसम्म आउँदा वाणिज्य बैंकको खराब कर्जाको दर ५ प्रतिशतको हाराहारीमा पुग्न सक्ने अनुमान गरिएको थियो । तर, राष्ट्र बैंकले नीतिको कारण बैंकहरुले खराब कर्जा नियन्त्रण भित्र नै राख्न सफल भएको एक बैंकरले बताए ।

नेपाल राष्ट्र बैंकले गत मंसिर २२ गते मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंक तथा वित्तीय क्षेत्रमा परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई कर्जा पुनरसंरचना र पुनरतालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गर्ने व्यवस्था गरेको थियो ।

‘बैंक तथा वित्तीय संस्थाले समस्यामा परेका ऋणीहरुबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको दश प्रतिशत रकम असूल गरी कर्जा पुनरसंरचना गर्न सक्नेअवधि २०८० चैत मसान्तसम्म कायम गरी पुनरसंरचना गर्न सक्ने क्षेत्रहरुको विस्तार गरिने छ ।’ मौद्रिक नीतिको पहिलो समिक्षामा भनिएको छ । राष्ट्र बैंकले ११ वटा क्षेत्रको लागि ५ करोडसम्म कर्जा पुनर्तालिकरणको व्यवस्था गरेको हो । जसको कारण बैंकहरुले ऋण पुनर्तालिकरण गर्न पाए । यसले बैंकको खराब कर्जालाई नियन्त्रणमा राखेको हो ।

कुन बैंकको खराब कर्जा कति ?

चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांक तुलनमा गर्दा ४ वटा वाणिज्य बैंकको खराब कर्जा असार मसान्तको तुलनामा घटेको छ । नबिल बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबिआई बैंक र एभरेष्ट बैंकको खराब कर्जा गत असार मसान्तको तुलनमा केही घटेको छ । बाँकी १६ वाणिज्य बैंकको खराब कर्जा बढेको छ ।

यसैगरी यस अवधिमा ५ वटा बैंकको खराब कर्जा १ प्रतिशतभन्दा धेरै बढेको छ । यस अवधिमा सबैभन्दा धेरै खराब कर्जा लक्ष्मी सनराईज बैंकको बढेको छ । ६ महिनाको अवधिमा यस बैंकको खराब कर्जा १.९५ प्रतिशतले बढेर ४.७६ प्रतिशत पुगेको छ ।

वाणिज्य बैंकको खराब कर्जा सूचीमा

प्रतिक्रिया दिनुहोस्
MBL