Logo

ग्लोबल आइएमईले कमायो २ अर्ब ४ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

ग्लोबल आइएमईले कमायो २ अर्ब ४ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ग्लोबल आइएमई बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको भन्दा २६.६० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज पनि बढेको छ । जसका कारण बैंकको नाफामा असर देखिएको छ ।

laxmi

अघिल्लो वर्ष यसै अवधिमा १ अर्ब १२ करोड ९१ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज रहको बैंकको यो वर्ष ४ अर्ब १३ करोड ६० लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा पनि २५.०८ प्रतिशतले घटेर २ अर्ब ८४ करोड ३० लाख १६ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी भने बढेको छ । बैंकको खुद ब्याज आम्दानी ३७।९९ प्रतिशतले बढेर ९ अर्ब २ करोड ८७ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा भने १ अर्ब २७ करोड ७० लाख ७५ हजार रुपैयाँ ऋणात्मक छ । चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख ७० हजार रुपैयाँ छ । यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसाले घटेर ११ रुपैयाँ ३१ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४० पैसा छ । एक वर्षको अवधिमा खराब कर्जा १.७६ प्रतिशतले बढेर ४.६८ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL