Logo

आर्थिक मन्दीको असर प्रभु बैंकमा पनि, नाफालगायत सबै सूचक ओरालो

आर्थिक मन्दीको असर प्रभु बैंकमा पनि, नाफालगायत सबै सूचक ओरालो



काठमाडौं । आर्थिक मन्दीको असर प्रभु बैंकमा पनि देखिएको छ । चालु आर्थिक वर्षको ६ महिनासम्म आउँदा यस बैंकको खुद नाफा ३९.९७ प्रतिशतले घटेर ७२ करोड ३ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले १ अर्ब १९ करोड ९९ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको खराब कर्जा बढेको छ । यसले गर्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेको छ । जसको असर बैंकको नाफामा देखिएको छ ।

laxmi

अघिल्लो वर्ष ४२ करोड ६७ लाख ४९ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब २५ करोड ७७ लाख ६७ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी ४०.५८ प्रतिशतले बढेर ४ अर्ब ७६ करोड ६८ लाख १२ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ५.७७ प्रतिशतले बढेर १ अर्ब ७२ करोड ८५ लाख १७ हजार रुपैयाँ पुगेको छ । यसैगरी, पुस मसान्तसम्म आइपुग्दा खराब कर्जा २.९२ प्रतिशतले बढेर ४.९० प्रतिशत पुगेको छ ।

दोस्रो त्रैमाससम्ममा प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ । वितरणयोग्य नाफा १ अर्ब ८६ करोड ७४ लाख ६८ हजार रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ०२ पैसाले घटेर ६ रुपैयाँ १२ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ०२ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL