Logo

नबिल बैंकले कमायो ३ अर्ब बढी नाफा, अन्य सूचक कस्ता छन ?

नबिल बैंकले कमायो ३ अर्ब बढी नाफा, अन्य सूचक कस्ता छन ?



काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्बभन्दा धेरै नाफ कमाउन सफल भएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२८ प्रतिशत कम हो खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा सामान्य घट्न पुगेको हो।

laxmi

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा सामान्य घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड ३३ लाख रुपैयाँ कायम भएको छ । यसैगरी, यस अवधिमा खुद फि तथा कमिशन आम्दानी १५.७२ प्रतिशत बढेर १ अर्ब ४८ करोड ४३ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.७५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६.१८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.४६ प्रतिशतबाट घटेर १.२० प्रतिशतमा सीमित भएको छ। यद्यपि, बैंकको इम्पेरमेन्ट चार्ज भने १ अर्ब ८८ करोडको बढेर १ अर्ब ९७ करोड पुगेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ रहको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ ६२ पैसा रहेको छ।नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर २३ रुपैयाँ ६८ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २०.८३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा रहेको छ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २८ अर्ब २५ करोड ७७ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ४ खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL