काठमाडौं । मनसुनजन्य विपद् तथा आकस्मिक घटनाहरूलाई ध्यानमा राख्दै एनएमबि बैंकले नेपाल प्रहरीलाई उद्दार सामग्री प्रदान गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत १६ फिटको सेल्फ–बेलिङ राफ्ट, लाइफ ज्याकेटहरूसहितका आपतकालीन उद्दार उपकरणहरू मंगलबार काठमाडौंको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो। उक्त सामग्री एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले काठमाडौं उपत्यका…