काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले खुद्रा विक्री मुल्य एमआरपी कार्यान्व्यनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा चेम्बर पदाधिकारी तथा अन्य व्यवसायीक संघ संस्थाहरुका पदाधिकारीहरुको टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उद्योगी र व्यापारीको व्यवहारिक समस्या समाधान गरेर मात्रै एमआरपी कार्यान्व्यन गर्नुपर्ने सुझाव दिएको हो ।…