Logo

विश्व बैंकबाट प्राप्त हुने २० अर्ब ७९ करोडको सहुलियतपूर्ण ऋण स्वीकार, प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृत

विश्व बैंकबाट प्राप्त हुने २० अर्ब ७९ करोडको सहुलियतपूर्ण ऋण स्वीकार, प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृत



असार । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ। असार २ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बताए।

यस्तै वैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले यही असार १६ देखि गर्ने ६ दिने स्पेन भ्रमण स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले असार १६ देखि २१ गतेसम्म प्रधानमन्त्री ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन अन्तर्गत हेटौंडा इजलासका न्यायाधीश डा. शान्ता सेढाईलाई तोक्ने निर्णय गरेको छ भने सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको छ।

उनकाअनुसार सरकारले दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रूपैयाँ अनुदान सहायता स्वीकार गरेको छ। त्यस्तै विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि उपलब्ध हुने करिव २९ अर्ब ७२ करोड नेपाली रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्