बिजखबर संवाददाता २८ जेठ, काठमाडौं । भूकम्पबाट क्षति भएका संरचनाहरुको पुननिर्माणका लागि तत्काल सरकारी तथा सामुदायिक बनबाट काठ कटान गर्न नपाइने भएको छ । बन ऐनले बर्षा याममा सरकारी तथा सामुदायिक बनमा काठ काट्न बन्देज गरेका कारण आगामी कात्तिकसम्म बनबाट काठ निकाल्न ब्यवहारिक समस्या देखिएको हो । ग्रीन मिडियाद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा सरकारी र…