Logo

११ अंकले घट्यो नेप्से, कारोवार रकमा पनि गिरावट

११ अंकले घट्यो नेप्से, कारोवार रकमा पनि गिरावट


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवादाता

२७ जेठ, काठमाडौं । वुधबार नेप्से परिसुचक ओरालो लागेको छ । राजनीतिक सहमतिले संविधान बन्ने आशमा उकालो लागेको नेप्से परिसुचक बुधबार १० दशमलव ९३ अंकले ओरालो लागेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तमा ९ सय ५५ दशमलव ६६ अंकमा आएर अडिएको छ ।

बजारमा सवै समुहका परिसुचक ओरालो लागेको छ । जसमा सवैभन्दा बढी बीमा समुहको परिसुचक ५५ अंकले ओरालो लागेको छ । यसैगरी जलविद्युत् समुहको परिसुचक २८ अंकले घटेको छ भने होटल समुहको परिसुचक पनि २७ अंकले ओरालो लागेको छ ।

यस्तै बजारमा प्रभाव पार्ने बैंक समुह पनि १० दशमलव ७१ अंकले ओरालो लागेको छ ।

दिनभर २६ करोड ३५ लाख रुपैयाँ बरावरको ६ लाख ४ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL