Logo

उद्योग मन्त्रीले दिए मृतक परिवारलाई ५ हजार,सम्झनामा स्मारक बनाइने

उद्योग मन्त्रीले दिए मृतक परिवारलाई ५ हजार,सम्झनामा स्मारक बनाइने


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संबाददाता

२८ जेठ,काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरका प्रत्येक मृतक परिवारलाई ५ \५ हजार राहत रकम हस्तान्तरण गरेका छन् । बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट मृत्यु हुने ३ सय ४१ जना भक्तपुरेहरुको सम्झनामा बुधबार मानवीय आस्था नेपालद्वारा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा उनले सो राहत हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा मन्त्री बस्नेतले अब भक्तपुर निर्माणको जिम्मा आफ्नो काँधमा आएको बताए । उनले भने ‘ यस क्षेत्रलाई नमुना क्षेत्र निर्माण तर्फ अग्रसर होऔँ’ ।
भूकम्पको कहालि लाग्दो क्षण विर्सेर अब भग्नावषेशबाट उठ्न आग्रह गदैँ आत्म स्वभिमान कायम राख्न प्रेरित गरे ।

साथै मानवीय आस्था नेपालका संरक्षक समेत रहेका मन्त्री बस्नेतले भक्तपुर क्षेत्रमा ज्यान गुमाएकाको सम्झनामा स्मारक बनाउने घोषणा समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL