काठमाडौं । राजनीतिक दलहरुको व्यक्तिगत तथा पार्टीगत स्वार्थका कारण देश विकास हुन नसकेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले बताएका छन् । ‘विकास आयोजनामा ‘पोलिटिकल म्याच फिक्सिङ’ भइरहेको छ,’ संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीद्वारा लिखित कसरी ‘बन्छ सम्बृद्ध नेपाल ?’ पुस्तकको छलफलमा उनले भने, ‘यसै कारण देशका विकास आयोजनाहरु अघि बढ्न सकेको छैन…