काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल स्तरोन्नतीका बाँकी कामको प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले विमानस्थल स्तरोन्नतीका लागि परामर्शदाता नियुक्त गरि काम अघि बढाएको प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिए । परामर्शका लागि विदेशी कम्पनी जापान एयरपोर्ट कन्सल्ट्यान्स र नेपालको जोइक कन्सल्ट्यान्ट नियुक्त गरेको हो ।जापानी कन्सल्ट्यान्टले माटो भर्ने ठाउँको ड्रइङ डिजाइन तयार गर्न…