Logo

महासंघको चुनावलाई आयोगको क्लिन चिट, मन्त्री र प्रधानमन्त्री जान प्रतिवन्ध

महासंघको चुनावलाई आयोगको क्लिन चिट, मन्त्री र प्रधानमन्त्री जान प्रतिवन्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निर्वाचन आयोगले नेपाल उद्योग वाणिज्य महासंघलाई निर्वाचमा जान बाटो खुला गरिदिएको छ । महासंघले निर्वाचन सम्बन्धी आचारसंहित विपरित आसन्न साधारणसभा सहित निर्वाचन गर्न लागेको भन्दै त्यसलाई रोक्न माग गर्दै आयोगमा उजुरी परेको थियो । तर, पूर्व घोषित कार्यक्रम भएको र स्थानीय तहको निर्वाचनलाई प्रभावित नपार्ने गरी निर्वाचन सम्पन्न गर्न बाटो खुला गरिदिएको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिए ।

निर्वाचन आयोगले केही सर्त राखेर निर्वाचन गर्न महासंघलाई निर्वाचनमा जान बाटो खुला गरिदिएको शर्माले बताए । ‘निर्वाचन रोक्नका लागि आयोगमा निवेदन दर्ता भएको थियो,’ उनले भने, ‘आयोगले ४÷५ वटा सर्त राखेर निर्वाचनका लागि बाटो खुला गरिदिएको छ ।’

उनका अनुसार महासंघको निर्वाचनमा प्रधानमन्त्री वा मन्त्रीहरुलाई अतिथिको रुपमा जान बन्देज लगाइएको छ । महासंघको साधारणसभामा कुनै पनि सरकारी स्रोत र साधनको प्रयोग नगर्न समेत दिर्नेशन दिइएको छ । स्थानीय निकायको चुनावलाई खलल पर्ने खालका कुनैपनि गतिविधि नगर्न समेत आयोगले दिर्नेशन दिएको छ ।

तर, महासंघ सचिवालयमा भने निर्वाचन रोक्ने विषयमा उजुरी परेको र निर्वाचन आयोगले क्लिन चीट सम्बन्धमा कुनै जानकारी नआएको जानकारी दिएको छ । सो सम्बन्धमा हालसम्म कुनै जानकारी नआएको महासंघका निमित्त महानिर्देशक मिना श्रेष्ठले बताइन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL