काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ५ सय रुपैयाँले ओरालो लागेको छ । बिहीबार प्रतितोला १ सय रुपैयाँले बढेको सुन आज उच्च रुपमा घटेको छ । बजारमा सुनको मूल्य घट्दै प्रतितोला ५४ हजार २ सय रुपैयाँ कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी बजारमा चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।…