Logo

६८ जिल्लानगर आफ्नो पक्षमा रहेको प्रधानको दावी

६८ जिल्लानगर आफ्नो पक्षमा रहेको प्रधानको दावी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले जिल्ला नगर उद्योग वाणिज्य संघ आफ्नो पक्षमा रहेको दावी गरेका छन् । कुल १ सय ४ जिल्ला नगरमध्ये ६८ वटामा आफ्नो पडक रहेको बताएका छन् ।

महासंघ निर्वाचनमा सबैभन्दा बढी हिस्सा रहेको जिल्ला नगरको ६५ प्रतिशत आफ्नो पक्षमा रहेको समेत प्रधान पक्षको दावी छ । महासंघ निर्वाचनमा जिल्लानगरको हिस्सा ५० प्रतिशत रहन्छ । एशोसिएट्समा कमजोर रहेका प्रधानले अहिले आफ्नो चुनावी प्रचारप्रचारलाई जिल्लानगरमा कन्द्रित गर्दै आएका छन् । आफु जिल्ला नगरमा बलियो रहेको र एशोसिएट्सबाट कुल मतको प्रतिशतमात्र आएपनि चुनाव जित्ने उनीहरुको विश्लेषण छ ।

आसन्न महासंघ निर्वाचनको लागि यही २० गते उम्मेदवारी दर्ता गर्दैछन् । बरिष्ठ उपाध्यक्षका उम्मेदवार द्वय किशोर प्रधान र शेखर गोल्छाले प्यानल सहित उम्मेदवारी दर्ता गर्दैछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL