जुर्मराउँदै अघि बढेको चिनीयाँ अर्थतन्त्रमा पूर्वाधार निर्माणको हिस्सा निकै धेरै छ । असम्भव निर्माण योजनालाई पनि सम्भव बनाएर चीनले समय समयमा विश्वलाई नै चकित पारिदिने गरेको छ । विश्वकै तीव्र कुद्ने रेलदेखि रेलमुनिबाटै बसहरु कुद्न सक्ने ट्रयाक बनाएर यसअघि चिनको प्रयोगले चर्चा पाइसकेको छ । विश्वभरका मिडियामा फेरी चीनको निर्माण नविनताले चर्चा बटुलिरहेको छ ।…