काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका बृद्ध नागरिकलाई बार्षिक १२ हजार रुपैयाँ भत्ता दिने भएको छ । ८८ वर्ष उमेर पुगेका बरिष्ठ जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप १२ हजार भत्ता दिन लागेको महानगरप्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । साथै सो भत्ता रकम तत्काल वितरण गर्ने आवश्यक व्यवस्था मिलाउन काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयलाई निर्देशन दिने उनले बताए…