काठमाडौं । उद्योग विभागमा २ सय ७२ ओटा उद्योग अनलाइनबाट दर्ता भएका छन् । विभागले अनलाइन सेवा शुरु भएको करिब ५ महिनामा सो बराबरको उद्योग दर्ता भएको हो । विभागले माघ २३ गतेदेखि अनलाइन सेवा शुरु गरेको थियो । अनलाइन सेवा शुरु भएसँगै विभागमा सबै उद्योग अनलाइनबाटै दर्ता भएको प्रवक्ता दुर्गा भुसालले जानकारी दिए ।…