काठमाडौं । तारे होटलमा सञ्चालित ५ वटा क्यासिनोले सरकारलाई १४ करोड रुपैंया राजस्व तिर्न अटेर गरेका छन । क्यासिनो अनुमति दस्तुरबापतको १४ करोड रुपैंया रकम हालसम्म नबुझाएको महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याएको छ । क्यासिनो नियमावली, २०७० अनुसार अनुमतिपत्रको अवधि एक आर्थिक वर्षको हुने र सो अवधि समाप्त हुनुभन्दा एक महिना अगावै नविकरणका लागि निवेदन दिनुपर्ने…