काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभा अन्तर्गत रहने सम्मेलन समितीको अध्यक्षमा नेपाल निर्वाचित भएको छ । यो महासभाको नियमित समिती पनि हो । यसअघि समितीको उपाध्यक्ष रहेको नेपाल सन् २०१८ का लागि अध्यक्षमा निर्वाचित भएको हो । समितीमा २१ देश सदस्य छन् । हङ्गेरी, गुएना र संयुक्त राज्य अमेरिकाका प्रतिनिधि समितीको उपाध्यक्षमा निर्वाचित भएका छन् ।…