काठमाडौं । नेपाल–चीन क्रसबोर्डर अप्टिकल फाइबर लिंक शुक्रबारदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको छ । चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा नेपाल जोडिएसँगै आजदेखि इन्टरनेटमा भारतीय एकाधिकार तोडिएकोे हो । शुक्रबार एक कार्यक्रमवीच सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले ‘लिंक क्लिक’ गरेर शुभारम्भ गरे । कार्यक्रममा मन्त्री बस्नेतले नेपाल टेलिकम र चाइना टेलिकमको यो काम प्रशंनीय भएको बताए…