काठमाडौं । सरकारले पर्यटन उद्योगलाई प्रोत्साहन गर्दै आएपनि विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा नेपालीहरुले विदेश घुम्न गएर गर्ने खर्च बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विदेशी पर्यटकले नेपालमा आएर गर्ने खर्चभन्दा नेपालीले विदेश भ्रमणमा जाँदा गर्ने खर्चको अनुपात बढी देखिएको हो । पछिल्लो ३ बर्षको तथ्याङ्क अनुसार पर्यटक आम्दानीमार्फत नेपालले…