काठमाडौं । नेपाल सरकारले इन्टरनेटमा लगाएको १३ प्रतिशत सेवाशुल्क फिर्ता लिएको छ । सरकारको यो निर्णयसँगै अब इन्टरनेट प्रयोगकर्ताले बढेको मूल्य तिर्न नपर्ने भएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको बैठकमा साउन १ गतेदेखि लगाईने भनिएको सेवा शुल्क नलिइ पहिलेकै मूल्यमा इन्टरनेट उपलब्ध हुने गरी मूल्य समायोजन गरिएको हो । इन्टरनेटमा यहि…