Logo

इन्टरनेटमा लगाईएको १३ प्रतिशत सेवाशुल्क फिर्ता, पुरानै मूल्यमा इन्टरनेट

इन्टरनेटमा लगाईएको १३ प्रतिशत सेवाशुल्क फिर्ता, पुरानै मूल्यमा इन्टरनेट



काठमाडौं । नेपाल सरकारले इन्टरनेटमा लगाएको १३ प्रतिशत सेवाशुल्क फिर्ता लिएको छ । सरकारको यो निर्णयसँगै अब इन्टरनेट प्रयोगकर्ताले बढेको मूल्य तिर्न नपर्ने भएको छ ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको बैठकमा साउन १ गतेदेखि लगाईने भनिएको सेवा शुल्क नलिइ पहिलेकै मूल्यमा इन्टरनेट उपलब्ध हुने गरी मूल्य समायोजन गरिएको हो ।

इन्टरनेटमा यहि साउन १ गतेदेखि १३ प्रतिशत सेवा शुल्क लगाउने निर्णय भएको थियो । उक्त शुल्क अब इन्टरनेट प्रयोगकर्ताहरुले तिर्न नपर्ने भएको मन्त्रालयका प्रवक्ता तथा सह सचिब रामचन्द्र ढकालले जानकारी दिए ।

उनका अनुसार इन्टरनेट सेवाको मूल्य समायोजन सिफारिश गर्न मन्त्रालयद्धारा गठित समितिले एक प्रतिवेदनमा इन्टरनेटको व्यान्डविथ र फिक्स्ड वाईर्ड ब्रोडव्यान्डको अध्ययन अनुसार उक्त १३ प्रतिशत सेवा शुल्क इन्टरनेट प्रयोगकर्ताले तिर्न नपर्ने भनीपेश गरेको थियो ।

सोही अुनसार बिहीबार नियामक निकाय नेपाल दुरसंचार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ र मन्त्रालयविच बसेको बैठकले सो निर्णय गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL