Logo

विश्व इम्याजिन कपको आर्टिफिसियल इन्टेलिजेण्ट विधामा नेपाल प्रथम, ३ युवाले बनाए आधुनिक कृषियन्त्र

विश्व इम्याजिन कपको आर्टिफिसियल इन्टेलिजेण्ट विधामा नेपाल प्रथम, ३ युवाले बनाए आधुनिक कृषियन्त्र



काठमाडौं । नेपालका ३ विद्यार्थीको समुह कृषियन्त्र बनाए बापत सोचवयर आर्टिफिसियल इन्टेलिजेन्ट विधामा प्रथम भएको छ ।

अमेरिका स्थित माइक्रोसफ्ट मुख्यालयमा आयोजित ‘इम्याजिन कप’ प्रतियोगितामा नेपालबाट सहभागी टीमले उक्त विधामा पहिलो भएको हो । उक्त प्रतिश्पर्धा विद्यार्थी माझ हुने विश्वव्यापी वार्षिक प्रतियोगिता हो ।

नेपाली टिमले गत चैत्रमा मलेसियामा भएको एशिया प्रशान्त क्षेत्र स्तरको प्रतियोगितको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । उक्त स्थानपश्चात सोचवेयर टिम यही जुलाइमा अमेरिकामा भएको विश्व प्रतियोगितामा भाग लिन गएको हो ।

टिम सोचवेयर तीन युवा विद्यार्थीको समुह हो । उक्त टिममा नेपाल इन्जिनियरिङ कलेजका ईडा रिजाल, मदन भण्डारी मेमोरियल कलेजका शिशिर श्रेष्ठ र कलेज अफ इन्फरमेशन टेक्नोलोजी एण्ड इन्जिनियरिङका मिलन थापा रहेका छन् ।

उनीहरुले एक सुचना प्रविधिको यन्त्रमार्फत कृषि क्षेत्रको समस्यालाई समाधान गर्ने प्रयत्न गरेका हुन ।

उक्त यन्त्रले कृषि, खेतिपातीमा लाग्ने रोगलाई उजागर गरी किसानलाई उपयुक्त समाधान र जानकारी दिनेछ । जसले गर्दा कृषिलाई स्वस्थ बनाउने र हाइजेनिक अन्न उत्पादन गर्न प्रेरित गर्दछ ।

मानव स्वास्थ्य सँग जोडिएको अन्नलाई हाइजेनिक बनाउन सके मानवस्वास्थमा पनि सकरात्मक प्रभाव पर्ने टिमको विश्वास छ । उक्त विश्व प्रतियोगितामा विभिन्न देशका ४९ टिमले भाग लिएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL