अर्थमन्त्री डा युवराज खतिवडाले विनियोजन विधेयक २०७७ अन्तर्गत अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले छलफलका क्रममा राखेको प्रश्नको जवाफ दिएका छन् । अर्थमन्त्री खतिवडाले मंगलबारको संसद बैठकमा बजेटबारे उठेका मुख्य मुख्य विषयबारे स्पष्ट पारेका हुन् । यसैक्रममा अर्थमन्त्री खतिवडाले पछिल्लो समय निकै चर्चामा रहेको विद्युतिय सवारीमा कर तथा अन्य करकाबारे उठेका प्रश्नको पनि जवाफ दिएका छन्…