Logo

कोरोनाको लक्षण देखिनुभन्दा ३ दिन अघि नै पत्ता लगाउने डिभाईस बन्दै, यसरी पत्ता लगाउँछ संक्रमण

कोरोनाको लक्षण देखिनुभन्दा ३ दिन अघि नै पत्ता लगाउने डिभाईस बन्दै, यसरी पत्ता लगाउँछ संक्रमण



काठमाडौं । तपाईँको हातमा लगाउने फिटनेस ब्याण्ड तथा स्मार्टवाचहरुले तपाईको शरिरमा कुनैपनि भाईरस संक्रमण भएको पत्ता लगाउन सक्छन ? अपहले धेरैको उत्तर सकदैनन् भन्ने हुन्छ । तर, अब तपाईँलाई कुनै पनि लक्षण नदेखिकनै भाईरस संक्रमण भएको यस्ता यन्त्रबाटै पहलिे नै पत्ता लगाउन सकिने बनाउन बैज्ञानिकहरुले काम थालेका छन् ।

laxmi

हालै अनुसन्धाताहरुले यसका लागि अध्ययन गरिरहेका छन् । अध्ययनकर्ताहरुले मानिसले हातमा वा शरीरका अन्य कुनै अंगमा लगाउन मिल्नेगरी डिभाईस बनाउँदैछन् जसमार्फत मानिसको शरीरमा भाईरस प्रवेश गर्नेवित्तिकै थाहा पाईयोस । र यसबाट लक्षण देखिनुअगावै अर्थात भाईरसले ठूलो संकट निम्त्याउनु अगावै यसको उपचार गर्न सकियोस ।

गत महिना पश्चिम भर्जिनियाका वैज्ञानिकहरुले औरा रिंग नामक डिभाईस बनाएका थिए जसले मानिसको शरिरमा कोरोना भाईरस प्रवेश गरिसकेपछि लक्षण देखिनुभन्दा ३ दिन अगावै थाहा पाउन सकिने बताइएको छ ।

अनुसन्धानकर्ताहरुले एक एप पनि आविष्कार गरेका छन् जसले कोरोना भाईरससँग सम्बिन्धत ज्वरो, खोकी, श्वासप्रश्वासमा गडबडीलगायतलाई डिटेक्ट गर्न सक्छ । यसमा भएको एआई प्रविधिले यस्ता बिमारीको लक्षण पत्ता लगाउने कार्य गर्ने वैज्ञानिकहरुले बताएका छन् ।

वैज्ञानिकहरुका अनुसार यसले मानिसलाई कोभिड १९ को लक्षण देखिनुअगावै संक्रमण भएको पत्ता लगाईदिन्छ । लक्षण देखिएका र नदेखिएका ३० हजार बढी मानिसमा गरिएको सर्भेक्षणमा यस्तो पत्ता लगाईएको हो । यसअघि पनि भर्जिनियाका वैज्ञानिकहरुले ईन्फ्लुएन्जाको लक्षण पत्ता लगाउन सक्ने, मानिसको हातमा लगाउन मिल्ने डिभाईसको मूल्य सार्वजनिक गरेका थिए ।

अतः उक्त डिभाईसले मानिसलाई लक्षण देखिनुअगावै यसमा लक्षण देखाईदिने हुनाले उपचार र ट्रेसिंगमा केही सहयोग मिलेको स्क्रिप्स ईपिडेमियोलोजिस्ट जेनिफर रेडिन बताउँछिन ।

अनुसन्धाताहरुले अमेरिकामा मात्रै करिव १ करोड जनाले उनिहरुको हातमा लगाउने फिटनेस ब्याण्ड तथा स्मार्टवाचलाई उक्त डिभाईसले रिप्लेस गर्नुपर्ने जनाएका छन् ।

यसै सन्दर्भमा अमेरिकी जायन्ट प्रविधि कम्पनी एप्पलले पनि मुटुको समस्या पहिचान गर्नेगरी आफ्नो स्मार्टवाचहरु बनाईरहेको छ । यस्तै अर्को कम्पनी फिटबीटले पनि विभिन्न मधुमेह, क्यान्सर, श्वासप्रश्वासलगायतका बिमारीको ट्रेसिंग गर्नेप्रति ध्यान दिईरहेको छ ।

शरीरमा लगाउन मिल्ने डिभाईसले हाम्रो शरीरमा हुने श्वासप्रश्वास, मुटुको चाल, सुत्ने समयलगायतका कुराहरुको डाटा कलेक्सन गर्छ जसका कारण डाक्टरहरुले रोग पत्ता लगाउन सजिलो हुन्छ । अनुवादित सामग्री

प्रतिक्रिया दिनुहोस्
MBL