काठमाडौं । भारतस्थित सूचना, संचार मन्त्रालयले पब्जीलगायतका ११८ ओटा चिनियाँ एप्सहरुमा प्रतिबन्ध लगाएको छ । भारतले चिनियाँ एपहरु क्यामकार्ड, बाईडु, कट कट, वुव, टेनसेन्टलगायतका एप्सहरुमा प्रतिबन्ध लगाएको हो । पछिल्लो समय चीन र भारतबीच बढ्दै गएको तनावका कारण भारतले यस्ता एप्सहरुमा प्रतिबन्ध लगाएको हो । यसलाई भारतको चीनविरुद्धको डिजिटल एयर स्ट्राईक मानिएको छ । यसअघि…