Logo

बैंकिङबाहेक बढेको बजारमा सेयर कर्नरिङको मार : फस्दै लगानीकर्ता, मुकदर्शक नियामक

बैंकिङबाहेक बढेको बजारमा सेयर कर्नरिङको मार : फस्दै लगानीकर्ता, मुकदर्शक नियामक



काठमाडौं । मंगलबार बजार बन्द हुँदा नेप्से परिसुचक ३० अंकले बढ्न पुगेको छ । केही समययता उकालो लागेको बजारमा साना तथा सेयर कर्नरिङ गर्न मिल्ने कम्पनीका सेयर मूल्य उचालिँदा समग्रमा नेप्से परिसुचक बढिरहेको छ ।

मंगलबार बजारमा निर्जीबन बीमा कम्पनीको परिसुचक सबैभन्दा बढी ३२७ अंकले बढ्न पुग्यो भने दोस्रोमा जीवन बीमा कम्पनीको परिसुचक २४८ अंकले उकालो लागेको छ । यसैगरी उत्पादनमुकल समुह २२७ र व्यापार समुह १७२ अंकले उकालो लागेका छन् । तर बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा भने १.४४ अंकको मात्रै वृद्धि भएको छ ।

बजारमा ३ बर्षदेखि वार्षिक साधारणसभा नै गर्न नसकेको विशाल बजार कम्पनी, हचुवाको भरमा बढाइएको साल्ट ट्रेडिङजस्ता कम्पनीले सेयरमा सिमित लगानीकर्ताहरुले चलखेल गर्दा नेप्से परिसुचक वास्तविक रुपमा भन्दा पनि चमत्कारिक रुपमा बढाइएको छ । बजारमा कम्पनीको वास्तविकताभन्दा पनि समिति लगानीकर्ताको लहैलहैमा पछि लाग्ने लगानीकर्ताका कारण बजारमा समिति कम्पनीको सेयर मुल्यमा अस्वभाविक रुपमा वृद्धि भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

बजारमा कुनै पनि कम्पनीको सेयर मुल्यमा अस्वभाविक रुपमा वृद्धि वा गिरावट आउँदा नियामक निकायले सो कम्पनीको वारेमा चासो राख्नुपर्छ । तर नेप्सेमा वार्षिक साधारणसभा नै नगर्ने कम्पनीको सेयर मूल्य दैनिक रुपमा १० प्रतिशतले बढ्दा पनि नियामकले कुनै चासो नदिएको सम्बन्धित लगानीकर्ताहरु नै बताउँछन् । नेप्से परिसुचक करिव ३० अंकले बढ्दा कोरोनाको उच्च मारमा परेको होटल समुहको परिसुचक भने ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL