Logo

विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा परिन् नेपालकी सपना, कारण यस्तो छ

विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा परिन् नेपालकी सपना, कारण यस्तो छ



काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी एक किशोरी परेकी छिन् । विश्वका १०० प्रभावशाली महिलाहरूको सूचीमा  म्याग्दीको मंगला गाउँकी १८ वर्षीया सपना रोकामगर परेकी हुन् । 

समाज परिवर्तनका लागि उदाहरणीय काम गरेकी उनी बेलायती प्रसारण निगम (बीबीसी) ले २०२० का लागि छनोट गरेको विश्वका १०० प्रभावशाली महिलाहरूमा परेकी हुन् ।

बीबीसीले हरेक बर्ष समाज परिवर्तनका लागि उदाहरणीय काम गरेका महिलालाई यो सूचीमा राख्ने गर्दछ । 

सपनाले बेवारिसे शवहरूलाई धार्मिक विधि पूरा गरी दाहसंस्कार गर्ने गर्छिन् । सपनाले हालसम्म ४५  बढी वेवारिसे शवको व्यवस्थापन गरेर उदाहरणीय काम गरेकी छिन् ।

बीबीसीको यस सूचीमा फिनल्यान्डकी नेतृ सन्ना मारिन, अवतार फिल्मकी स्टार मिसेल योह लगायत पनि परेका छन् । 

प्रतिक्रिया दिनुहोस्
MBL