काठमाडौं । विश्व बैंकले कोरोनाबाट प्रभावित नेपालको अर्थतन्त्रलाई माथि उकास्न २० करोड अमेरिकी डलर (२३ अर्ब ४० करोड रुपैयाँ) सहुलियत ऋण प्रदान गरेको छ । बैंकले नेपालमा कोरोना भाईरसले पारेको प्रभाव र अर्थतन्त्रमा परेको असरलाई न्युनिकरण गर्न उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । ‘कोरोना महामारीको अवस्थामा नागरिकको स्वास्थ्यलाई सबैभन्दा बढी महत्वका साथ हेरिनुपर्छ…