Logo

कात्तिकमा ७८ अर्ब ८६ करोड रेमिट्यान्स भित्रियो, चार महिनामा ३ खर्ब ३७ अर्ब रुपैयाँ नेपाल भित्रियो

कात्तिकमा ७८ अर्ब ८६ करोड रेमिट्यान्स भित्रियो, चार महिनामा ३ खर्ब ३७ अर्ब रुपैयाँ नेपाल भित्रियो



काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ११।२ प्रतिशतले बढेर ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्र नेपालमा ७८ अर्ब ८६ करोड रुपैयाँ भित्रिएको हो ।

laxmi

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ९२ अर्ब ७० करोड रुपैयाँ रहेको रेमिट्यान्स भित्रिएको थियो । त्यस्तै दोस्रो महिना भदौमा ७२ अर्ब ४० करोड र असाजेमा ९३ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

कात्तिक सम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या ७५।८ प्रतिशतले कमी आएर १९ हजार २५१ जना रहेको छ । अघिल्लो वर्ष भने सोही अवधिमा यो संख्या ५।६ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७।९ प्रतिशतले कमी आएर २५ हजार ९३१ जना मात्र रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९।१ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL