Logo

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन, संसद विघटन आकस्मिक होइन (LIVE)

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन, संसद विघटन आकस्मिक होइन (LIVE)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय आकस्मिक नभएको बताएका छन् । उनले राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना भएको बताए ।

laxmi


सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दी गरिएपछि आफ्ना सामु जनतासामु जानु बाहेकको अर्को विकल्प नभएको तर्क गरे । जसअनुसार हिजो प्रतिनिधिसभाको विघटन गरेर वैशाखमा निर्वाचन गर्ने तय भएको उनको भनाइ छ ।

‘संसद् विघटन अप्रत्यासित र आकस्मिक जस्तो देखिएपनि राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरिततका गतिविधिका कारण यो अवस्था सिर्जना भएको हो’, ओलीले भने ।

प्रधानमन्त्रीले आइतबार संसद् विघठन गर्न सिफारिस गरेका थिए। उनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै सदर गरिदिइन् । संसद् विघटनको निर्णयपछि प्रधानमन्त्री ओलीको सर्वत्र आलोचना भइरहेको छ ।

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस्
MBL