काठमाडौं । शिवरात्रीमा हुने भीडभाडलाई मध्यनजर राख्दै आज महानगरीय ट्राफिक प्रहरी मशाखाले गौशाला आसपासका १२ रुटमा बिहीबार बिहानदेखि सवारी चल्नमा रोक लगाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ । पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवं दर्शनार्थीको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाएको…