Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ५ हजार १५३ संक्रमित, ६ हजार ५७० जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ५ हजार १५३ संक्रमित, ६ हजार ५७० जना संक्रमण मुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार १ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३ हजार ८ सय ७० र ५ हजार ६ सय ११ एन्टिजेन परीक्षणमा १ हजार २ सय ८३ जना गरी कुल ५ हजार १ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

laxmi

यस्तै कोरोना संक्रमणका कारण १ सय ८ जनाको मृत्यु भएको छ र ६ हजार ५ सय ७० जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३ सय ८ पुगेको छ । जसमध्ये ५ लाख ४५ हजार ३० जना निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७ सय ३६ रहेको छ ।

कोरोना भाइरस संक्रमणबाट हालसम्म ८ हजार ९८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL