काठमाडौं । चालु आर्थिक बर्षको ८ महिनामा १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी सहुलियतपुर्ण कर्जा प्रबाह भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार चालू अबको साउनदेखि फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ७७ हजार १९६ जनालाई १ खर्ब २४ अर्ब २८ करोड ४४ लाख रुपैयाँ बराबरको सहुलियत ऋण दिएका हुन् ।…