Logo

भेरोसेल खोपको दोस्रो डोज आजदेखि, ३ लाख ७० हजारले लगाउने आँकलन

भेरोसेल खोपको दोस्रो डोज आजदेखि, ३ लाख ७० हजारले लगाउने आँकलन



काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ उत्पादन भेरोसेल खोपको दोस्रो डोज आज (मंगलबार) देखि लगाइँदै छ । भेरोसेलको पहिलो खोप लगाएका ६० देखि ६४ वर्षका नागरिकलाई दोस्रो डोज दिन लागिएको स्वास्थ्य सेवा विभाग खोप शाखाले जनाएको छ ।

सरकारले गत जेठ २५ देखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिएको थियो । त्यही ३ लाख ७० हजार जनसंख्यालाई अहिले दोस्रो डोज दिन लागेको हो । त्यसबाहेक भेरोसेलको पहिलो डोज लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका अन्य उमेर समूहका नागरिकले पनि दोस्रो डोज लगाउने छन् ।

काठमाडौंमा पनि आजदेखि कोराना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । पहिलो खोप लगाएकाहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको हो ।

भेरोसेलको दोस्रो मात्रा लगाउन आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म जानुपर्नेछ । पहिलो मात्राको खोप लगाएको कार्ड साथैमा लिएर आउन महानगरले आग्रह गरेको छ । असार २४ गतेसम्म दोस्रो डोजको खोप लगाउन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL