Logo

नेपाल बैंकको क्यूआर कोड सेवा काठमाडौं मलमा, व्यवसायीलाई बिनाधितो कर्जा दिने

काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौं मलमा क्यूआर कोड सेवा सुरु गरेको छ । बैंकले मल परिसरमा एटीएम संचालन गर्नेबारे काठमाडौं मलसँग सम्झौता पनि गरेको छ । यसैगरी बैंकले मलका व्यवसायीहरुलाई सहुलियत दरमा बिनाधितो कर्जा पनि उपलब्ध गराउने सम्झौता गरेको छ ।