Logo

एभरेष्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा, आरोही शेर्पालाई सम्मान

एभरेष्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा, आरोही शेर्पालाई सम्मान



काठमाडौं । एभरेष्ट बैंकको झण्डा सगरमाथाको चुचुरोमा फरफराएको छ । एभरेस्ट बैंकले आफ्नो ब्रान्ड फेसका रुपमा रहेका कीर्तिमानी आरोह मिङ्माडेविड शेर्पा मार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराउन सफल भएको हो ।

बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमका बीच सो झण्डा मिङ्माडेविड शेर्पाले बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा.संधिर कुमारलाई हस्तान्तरण गरेका छन् । सो कार्यक्रममा बैंकका सहायक महाप्रबन्धकहरु केशवराज पौडेल, आशुतोष शर्मा तथा बैंकका बजार ब्यवस्थापन विभाग प्रमुख श्री पुष्पराज उप्रेती लगायत अन्य उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । सोहि कार्यक्रममा ग्रृष्मकालमा माउन्ट के २ को सफलतापूर्वक आरोहण गरेका कीर्तिमानी आरोही सोनाम शेर्पालाई समेत सम्मान गरिएको छ ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् । देशैभरि छरिएर रहेको आफ्नो १०३ शाखा सञ्जाल, १३५ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL