Logo

आईतबारदेखि अन्तरराष्ट्रिय उडान संख्या थपिँदै, कुन गन्तव्यमा कति उडान हुँदैछन् ?

आईतबारदेखि अन्तरराष्ट्रिय उडान संख्या थपिँदै, कुन गन्तव्यमा कति उडान हुँदैछन् ?



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आईतबारदेखि लागु हुनेगरी अन्तरराष्ट्रिय उडान थप गरेको छ । यसअघि हप्तामा २४ उडान हुनेगरी अनुमति दिएको प्राधिकरणले आगामी आईतबादेखि पुनः उडान थप गरेको हो । जसमार्फत आइतबारदेखि ११ वटा एयरलाइन्सले नेपालबाट विभिन्न देशमा उडान भर्ने भएका हुन् ।

यसअघि उडान भर्दै आएका नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स, कतार एयरलाइन्स, टर्की एयरलाइन्स, जजिरा फ्लाई दुबई, सलाम एयर, एयर अरेबिया अबुधाबी, एआई र सिंगापुर एयरलाइन्सले आइतबारबाट थप उडान भर्ने भएका हुन् । प्राधिकरणले यसअघि उडान गन्तव्य तय गरेकै देशहरुमा उडान थपेर हप्तामा ५३ उडान हुनेगरी तालिका सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL