काठमाडौं । कोरोना महामारीका क्रममा पिसिआर परीक्षणको नक्कली रिपोर्ट बनाएको अभियागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । यादवले अस्पतालको छाप आफूखुसी बनाई दुरुपयोग गरेको र कार्यालयको कम्प्युटरको फरेन्सिक परीक्षण गर्दा फेला पारिएका पिसिआर रिपोर्ट सबै नक्कली भएको पाइएको छ ।…