Logo

एमसिसी संसदमा टेबल भएसँगै सेयरबजारमा रौनक, परिसुचक २५ अंकले बढ्दा कारोबार ३ अर्ब नजिक

एमसिसी संसदमा टेबल भएसँगै सेयरबजारमा रौनक, परिसुचक २५ अंकले बढ्दा कारोबार ३ अर्ब नजिक



काठमाडौं । पछिल्लो केहिदिनयता लगातार ओरालो लागिरहेको नेप्से परिसुचकमा सोमबार हरियाली छाएको छ । आइतबार संसदमा अमेरिकी च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पेश भएसँगै सेयर बजारमा उत्साह देखिएको हो । सोमबार सबै समुहका परिसुचक उकालो लाग्दा नेप्से परिसुचक पनि २५ दशमलव ४१ अंकले बढ्दै २७ सय १८ को विन्दुमा पुगेको हो ।

laxmi

नेप्सेका अनुसार आज बजारमा कारोबार भएका १३ समुहमध्ये सबैभन्दा बढी वृद्धि जलविद्युत समुहको परिसुचकमा देखिन्छ । आज दिनभर कारोबार हुँदा जलविद्युत समुहको परिसुचक ७२ अंक अर्थात २.२४ प्रतिशतले बढेको हो । यस्तै आज जीवन र निर्जिवन बीमा समुहको परिसुचकमा क्रमशः १९ र ३९ अंकको वृद्धि देखिँदा उत्पादनमुलक समुहको परिसुचकमा भने ६६ अंकको वृद्धि देखिएको छ ।

यता बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक सोमबार १६ अंकले बढ्दा विकास बैंक समुहको परिसुचक २२ र वित्त समुहको परिसुचक २७ अंकले बढेको हो । यस्तै आज अतिरिक्त समुहको परिसुचकमा २९ अंकको वृद्धि हुँदा लघुवित्त समुहको परिसुचक १२ अंकले उकालो लागेको छ ।

आज दिनभर २ सय २४ कम्पनीका ४९ लाख ९२ हजार ८ सय ७० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL