काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बिदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने बिषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी बिदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन बिदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिएका छन् । दुई दर्जन भन्दा बढी राजदुत, कार्यबाहक राजदुत, महाबाणिज्यदुतलगायत विभिन्न देशका नियोग प्रमुखहरुसँग आइतबार भर्चुअल बैठक गर्दै अर्थमन्त्री शर्माले बिदेशी मुद्रा…