Logo

उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त

उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त भएका छन् । लामो समयदेखि आर्थिक पत्रकारिता क्षेत्रमा काम गर्दै आएका अवस्थी यस अघि महासंघको उप महानिर्देशकमा नियुक्त भएका थिए ।

laxmi

महासंघले अवस्थीलाई आजैका मितिदेखि लागू हुनेगरी महानिर्देशकमा नियुक्त गरेको हो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष समेत रहेका अवस्थी अन्तरराष्ट्रिय व्यापार, वित्त तथा निजी क्षेत्रका बारेमा जानकार मानिन्छन् ।

यस अघि महासंघले पूर्व प्रशासकलाई मात्र महानिर्देशकमा नियुक्त गर्दै आएकोमा सम्भवत पहिलो पटक सोभन्दा बाहिरका व्यक्तिलाई उक्त पदमा नियुक्त गरेको हो ।

लामो समय आर्थिक पत्रकारितामा कलम चालएका अवस्थीले यस अघि संयुक्त राष्ट्र संघ दिगो विकास लक्ष्यको सल्लाहकार भएर समेत काम गरिसकेका छन् । आफ्नो पेशाप्रति कर्तव्य निष्ठ र उच्च नैतिकवान रहेका अवस्थीले सेजनको अध्यक्ष हुँदा समेत संस्थागत सुधारका थुप्रै कामहरु गरेका थिए । उनी अध्यक्ष हुँदा सेजनमा नेपालको पत्रकारिताको इतिहासमै पहिलो पटक पत्रकार आचार संहिता बनाएर कार्यान्वयनमा ल्याउन सफल भएका थिए । महासंघको महानिर्देशकमा उनको नियुक्तीसँगै महासंघलाई थप उचाईमा पुर्याउन सहयोग पुग्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL