Logo

गभर्नरको निलम्बन विरुद्ध कर्मचारी संगठन्, स्वायत्त निकायमाथि सरकारको नांगो हस्तक्षेप

गभर्नरको निलम्बन विरुद्ध कर्मचारी संगठन्, स्वायत्त निकायमाथि सरकारको नांगो हस्तक्षेप



काठमाडौं । बैंक तथा वित्तीय संस्थासम्बन्धि ५ कर्मचारी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरिएको निलम्बनबारे विरोध जनाएका छन् । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, सञ्चय कोष कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल बैंक कर्मचारी संघ र कृषि विकास बैंक कर्मचारी संघले आईतबार संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् ।

laxmi

सयुक्त विज्ञप्ति अनुसार अर्थमन्त्रालयले स्वायत्त राष्ट्र बैंकमा अर्थमन्त्रालयले हस्तक्षेप गरेको आरोप लगाईएको छ । ‘केन्द्रिय बैंकको स्वायत्ततालाई सम्मान गर्दै राष्ट्र बैंक प्रतिको हस्तक्षेप बन्द गर्न र निराधार आरोपहरुको आधारमा शुरु गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर माथीको कारबाही अबिलम्ब फिर्ता गरिनु पर्छ ।’ उक्त संयुक्त विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL