Logo

डीएचआइले अब इलेक्ट्रोनिक सामग्री पनि बेच्ने, सार्वजनिक गर्याे टिभीदेखि इन्डक्सन चुलोसम्म

डीएचआइले अब इलेक्ट्रोनिक सामग्री पनि बेच्ने, सार्वजनिक गर्याे टिभीदेखि इन्डक्सन चुलोसम्म



काठमाडौं । डीएचआइ इलेक्ट्रोनिक्स प्रालीले इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु सार्वजनिक गरेको छ । नेपाली उपभोक्ताहरुको माग तथा आवश्यकतालाई परिपुर्ती गर्ने उदेश्यले डिशहोमको भगिनि संस्था डीएचआइले काठमाडौंमा उक्त ब्राण्डका सामाग्री सार्वजनिक गरेको हो ।

कम्पनीले टेलिभिजन, वाशिङ मेसिन, रेफ्रिजरेटर, इन्डक्सन चुलो, राइस कुकर, एयर कुलर, किचन चिम्नी, भ्याकुम क्लिनर र चेस्ट फ्रीजर लगायतका अन्य घरेलु उपकरणहरु विक्री गर्ने भएको छ ।

यस्तै कम्पनीले आफ्नो ब्राण्डका घरायसी उपकरणहरुले भान्सामा र घरमा ग्राहकहरुलाई सहजता र चुस्तता प्रदान गर्ने दाबी गरेको छ । अझ विशेष गरि महिलाहरुले आफ्नो रुची, करियर वा परिवारसँग बिताउनका लागि थप समय र उर्जा प्राप्त गर्ने कम्पनीले दावी गरेको छ ।

देशमा पेट्रोलियम पद्धार्थको आयातले व्यापार घाटालाई थप चुनौतीपूर्ण बनाइरहेको स्थितिमा आफ्नै देशको उर्जा खपत गरी अर्थतन्त्रमा पर्न जाने आर्थिक भार कम गर्न डीएचआइ ब्राण्डका विद्युतीय सामाग्रीले सहज भुमिका खेल्ने कम्पनीको विश्वास छ ।

डीएचआइ ब्रान्डका नयाँ उत्पादनहरुले प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्दै बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशवकान्त पौडेलले डीएचआइ होम एप्लायन्स सामाग्री बजारमा प्रतिस्पर्धि मूल्यमा उपलब्ध भएको र ती सामाग्री गुणस्तरिय हुनुका साथै भरपर्दा पनि भएको बताए ।

उक्त कम्पनीले करीब दुई वर्षयता नेपालमा सेट अप बक्सको निर्माण र वितरणमा अग्रणी भूमिका खेल्दै आएको छ । पछिल्लो समय स्वदेशी बजारमा इलेक्ट्रोनिक्स र घरायसी उत्पादनहरुको मागलाई सम्बोधन गर्न ती सामाग्री बजारमा ल्याएको छ । यस्ता सामाग्रीमा देखिन सकिने सम्भावित समस्याहरुलाई छिटो सम्बोधन गर्दै देशैभर आफ्नो सेवा बिस्तार गरिने कम्पनीले जानकारी दिएको छ ।

साथै डीएचआइ इलेक्ट्रोनिक्स डिशहोमको भगिनी संस्था भएकोले उत्पादन र सेवा वितरणमा उत्कृष्टता प्रदान गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL