काठमाडौं । पर्यटन क्षेत्रलाई विद्युत् पानी, सडक सञ्जाल, सरसफाइ र करमा सहुलियतको दृष्टिले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका रुपमा विशेष प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेलगायतका विभिन्न १८ बुँदे सुझाव सरकारलाई दिइएको छ । कोरोनाको कहरमा परेको यस क्षेत्रलाई पुनःजागृत गराउने लक्ष्यका साथ सरकारले गठन गरेको विशेष समितिले केही नीतिगत, प्रक्रियागत संरचनागत विषयमा समेत सुधार गर्नुपर्ने सुझाव दिएको…