Logo

सेयर बजार १९ सयको विन्दुमा झर्यो, ३३ अंकले घटेको बजारमा कारोबार रकम २ अर्बमाथि

सेयर बजार १९ सयको विन्दुमा झर्यो, ३३ अंकले घटेको बजारमा कारोबार रकम २ अर्बमाथि



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३३.३६ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि नै ओरालो यात्रा तय गरेको नेप्से उच्च अंकले बढेर १९ सय ८९ को विन्दुमा पुगेको हो ।

laxmi

बजार उच्च अंकले घट्दा पनि आज बजारमा २ अर्ब ५ करोड ९७ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज दिनभर २ सय २४ कम्पनीका ६१ लाख ४८ हजार ३ सय ४१ कित्ता सेयर ४३ हजार ९ सय ७७ पटक कारोबार भएका छन् ।
आज म्युचुअल फण्ड समुहको परिसुचक सामान्य अंकले बढ्दा अन्य सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी गिरावट भने निर्जीवन बीमा समुहको परिसुचकमा देखिन्छ ।

आज निर्जीवन बीमा समुहको परिसुचक १६५ अंकले ओरालो लाग्दा जीवन बीमा समुहको परिसुचक १ सय १४ अंकले घटेको छ । आज जलविद्युत लघुवित्त, होटल तथा पर्यटन्, वित्तलगायत समुहको परिसुचकमा गिरावट आएको छ ।

बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आईतबार १० अंकको गिरावट आएको छ । आज बजार उच्च अंकले घट्दा रुरु हाईड्रोपावरको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL